आइतबार, असोज ५, २०८२

लुम्बिनी र बागमती प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

काठमाडौं- एनसेलले लुम्बिनी र बागमती प्रदेशमा फोरजी सेवामा सुधार गरेको छ।

Kumaribank

आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले यी दुई प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा फोरजी सेवामा सुधार गरिएको कम्पनीले जनाएको छ।

यो सुधारले यी क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित भएको कम्पनीले बताएको छ।

एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा पर्छन्।

त्यस्तै लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको छ। यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो।

Metro Mart

कम्पनीले फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरुप गत माघमा मधेश र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको थियो। देशका विभिन्न भागमा विस्तारित फोरजी सेवालाई सुधार गर्न कम्पनी प्रतिबद्ध रहेको छ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ।

कम्पनीले तीन वटा डबल मजा प्याकहरू सञ्चालनमा रहेका छन्। १५० रुपैयाँमा सुरु हुने यो प्याकमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरि सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्छन्।

त्यस्तै लोकप्रिय इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुटको विशेष अफर पनि छ। यो अफर अन्तर्गत ग्राहकहरुले अझ सुलभ शुल्कमा भारत भ्रमणको बेलामा सजिलै दूरसञ्चार सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: Apr 05, 2024| 10:40 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्