आइतबार, पुस १३, २०८२

निजी क्षेत्रको कर्जा प्रवाह दुई खर्ब बढ्यो

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म निजी क्षेत्रमा कर्जा प्रवाह करिब दुई खर्बले बढेको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा एक खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत)ले बढेको हो।

National life

गत आर्थिक वर्षको यसै अवधिमा यो कर्जा प्रवाह करिब एक खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत)ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।

गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरूको ३.५ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ।

२०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.७ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाका लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

Laxmi sunrise bank
kumari

कर्जा २४.६ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ११.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.० प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.७ प्रतिशतले घटेको छ।

प्रकाशित: Apr 04, 2024| 17:29 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्