आइतबार, साउन १०, २०८३

महासमितिको मुखमा शशांकको घोषणा : म सभापतिमा उठ्छु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  महासमिति बैठकको पूर्वसन्‍ध्यामा कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू पार्टी सभापतिमा उठ्ने घोषणा गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार संचारकर्मीसँगको सक्षीप्त भेटमा कोइरालले यस्तो घोषणा गरेका हुन्।

डा.कोइरालाले भने, अगामी १४औं महाधिवेशनमा म सभापति पदमा उठ्छु। त्यसका लागि अहिलेदेखि तयारी थालेको छु। सबैबाट सहयोग पाउने अपेक्षा गरेको छु। सशांकले कांग्रेस संस्थापक एवं आफ्ना पिता विपि कोइरालाको सपना पुरा गर्न सभापतिमा उठ्न लागेको पनि बताए।

महाधिवेशन आउन दुई वर्ष बाँकी छँदै कोइरालाले गरेको यो घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ। देशभरीबाट राजधानीमा आएका महाधिवेशन प्रतिनिधिहरुलाई आफ्‌नो पक्षमा प्रभावित गर्ने रणनीतिअनुसार यस्तो घोषणा गरेको बुझिएको छ। सशांकले महाधिवेशन प्रतिनिधिहरुलाई पनि अलगअलग समूहमा भेटेर आफ्नो कुरा राख्‍ने तयारी गरेका छन्। 

कोइरालाको यो घोषणाले कांग्रेसको आन्तरिक राजनीतिक तरंगित भएको छ। पछिल्लो समयमा कोइराला क्याम्पको सक्रियता एकाएक बढेको छ। महासमिति बैठकको मिति तय भइसके पछि कोइराला परिवारले पटकपटक लन्च र डिनर भेला आयोजना गरेर कोइराला परिवार अब सक्रिय हुन लागेको सन्देश दिइसकेका छन्। 

पहिले भिन्‍न भिन्‍न समूहमा रहेका सुजता कोइराला, शेखर कोइराला र सशांक कोइराला अहिले एकठाउँमा उभिएका छन्। गगन थापालगायतका केही प्रभावशाली युवा नेताहरुलाई समेत आफ्नो पक्षमा ल्याएर कोइराला परिवारले आन्तरिक समिकरणलाई उथलपुथल गर्न खोजिरहेका छन्। आगामी महाधिवेशनमा सशांकलाई सभापतिमा उठाउने रणनीतिअनुसार कोइराला परिवारले  तल्लो तहदेखि केन्द्रसम्म नै आफ्नो सक्रियता बढाएको छ। 

सशांकले कांगेस नेता तथा कार्यकर्ताको सुझावअनुसार आफू  सभापति पदमा उठ्न लागेको बताएका छन्। उनले भने, 'कांग्रेस महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ। महाधिवेशन आउँदासम्म सभापतिजीलाई सहयोग गर्छु।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।