शुक्रबार, वैशाख २१, २०८१

सुनको भाउमा आज पनि रेकर्ड

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- हिजो बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन आज पनि १ हजारले बढेको छ। आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ। यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो। मंगलबार भने ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो। हिजो बुधबार १ लाख ३३ हजार पुगेको थियो।

चाँदीको पनि मूल्य बढ्दै गएको छ। हिजो बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी आज १ हजार ६५० रुपैयाँ पुगेको छ।

प्रकाशित: Apr 04, 2024| 10:49 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्