आइतबार, साउन १०, २०८३

'कांग्रेसका नेता ‘पेन्गुइन’ जस्ता'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसका नेताहरू पेन्गुइन चरोजसरी हवाई यात्रामा रमाउने गरेको टिप्पणी गरेका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद (पुननिर्माणको मार्गचित्र)’ पुस्तक बिहीबार राजधानीमा विमोचन गर्दै डा. यादवले भने, ‘कांग्रेस नेताहरूको स्वभाव पेन्गुइन चराको जस्तै छ। उनीहरू जहाजबाट उडेर होटलमा भएको कार्यक्रममा जान्छन् र उडेरै काठमाडौं फर्कन्छन्।’

उनले कांग्रेस नेताको सम्बन्ध जनता र कार्यकर्तासँग टुटेको दाबी गरे । डा. यादवले भने, ‘उनीहरू गाउँमा गएर एक रात पनि बस्न नसक्नुले जनताबाट टाढा भएको पुष्टि हुन्छ।

कांग्रेस महासमिति बैठक काठमाडौंमा हुन लागेको थाहा पाएर आफू अचम्ममा परेको उनले बताए। ‘कांग्रेस महासमिति बैठक किन जनकपुर वा वीरगन्जमा हुन सकेन?’ डा. यादवले प्रश्न गरे, ‘कांग्रेसबाट राजनीति गर्ने कति जना मधेसी नेता पहाड गएका छन्? प्रदीप गिरीबाहेक पहाडको कतिजना नेता मधेसमा गएर बसेका छन्?’ उनले जनतालाई बेवास्ता गरी विकास भयो भन्नु गलत भएको दाबी गरे।

यादवले वरिष्ठ नेता पौडेल र डा. रामशरण महतले समेत मधेसमा गएर बस्न नसकेको गुनासो गरे। उनको सुझाव थियो, ‘कांग्रेसको उर्वर भूमिका रुपमा रहेको मधेसमा प्रदीप गिरी र महतजस्ता नेताहरूलाई पार्टीले खटाएर ६ महिनासम्म पठाउनुपर्छ। अनिमात्र जनतालाई कांग्रेसले जोड्न सक्छ।’

आफू विगतमा कांग्रेसबाट प्रशिक्षित भएकाले अहिले कांग्रेसमा देखिएको भ्रष्टाचार देखेर चिन्तित भएको गुनासो उनले गरे । ‘हडबडी र गडबढी गरेर ल्याइएको लोकतान्त्रिक संविधानले सबै धर्मलाई समान भावना राख्ने भनेको छ तर एक दशक नपुग्दै पाँच हजार चर्च खोलिएका छन्’, यादवले भने, ‘संविधानमा जबरजस्ती धर्म परिवर्तन गर्न पाइँदैन भनिएको तर किन नियन्त्रण गर्न सकिएन?’

बाटो र एयरपोर्टका नाममा विनाश हुँदैछ

पूर्वराष्ट्रपति डा. यादवले बाटो निर्माण गर्ने नाममा पहाडमा डोजर चलाएर विनाश गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरे । ‘पञ्चायतकालमा पूर्वपश्चिम राजमार्ग बनाउँदा तराईको जंगल मासेर बस्ती बसाइयो’, डा. यादवले भने, ‘अहिले त्यही राजमार्गलाई चार लेनको बनाउने र त्यसको उत्तरतर्फ बनाउने पूर्वपश्चिम मदन भण्डारी राजमार्गले चुरे मास्ने षड्यन्त्र भएको छ।’

उनले पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ बनाउन लागिएको रेल मार्गले र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नाममा जंगल मास्न खोजिएको आरोप लगाए। योजनाविहीन रूपमा बनाउन लागिएको हुलाकी राजमार्ग निर्माणले पयावबरण विगार्ने र तराईलाई मरभूमि बनाउने दाबी गरे।

उनले बारा, रौतहहट, पर्सा, कैलाली र कञ्चनपुरमा दुई वटा ठूला र घना जंगल जोगिए पनि त्यसलाई मास्न एक ठाउँमाम विमानस्थल र अर्को ठाउँमा राजधानी राख्ने निर्णय भएकोमा आपत्ति जनाए।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले विकासका नाममा विदेशी साँढे ल्याएर देशको उन्नति नहुने बताए। उनले भने, ‘अहिले कन्सल्टेन्सीका नाममा विदेशी साँढे नेपाल भित्रिए पनि त्यसले नेपाली जनताको उन्नति सम्पन्नता र समाजवाद प्राप्त हुँदैन।’

कांग्रेस नेता डा. रामशरण महतले नेपाली कांग्रेसले भनेको लोकतान्त्रिक समाजवाद र कम्युनिस्टको समाजवादीबीच अन्तर भएको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।