आइतबार, साउन १०, २०८३

हुम्लामा हिमपात : स्थानीयले गाउँ छोडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत - कर्णालीका उच्च हिमाली जिल्लामा हिमपात सुरु भएको छ। बुधबार रातिबाट हिमपात सुरु पर्न सुरु भएको हो। न्यूनतम तापक्रम माइनसमा झरेपछि हुम्ला, मुगु, जुम्ला र डोल्पाको जनजीवन निकै कष्टकर बनेको छ। हिजो रातिमात्रै हुम्लामा हिमपात परेको छ। हिमतातका हुम्लाको कारण हवाई सेवा बन्द भएको छ।

स्थानीयले गाउँ छोड्न थाले

हिमताप सुरु भएसँगै हिमाली बस्तीका नागरिकले गाउँ छोड्न थालेका छन्। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ का स्थानीय बासिन्दा अत्यधिक चिसोका कारण गाउँ छाडेका छन्। चिसोबाट बच्न उनीहरु तलतिर झर्न थालेका हुन्। चीनको सीमासँग जोडिएको हिमालपारि लिमीको तिल, हल्जी, जाङ गरी ३ वटा बस्ती पनि सुर्खेत, काठमाडौंलगायतका विभिन्न सहरमा झरिसकेका छन्। सहर झरेका स्थानीय २०७६ साल वैशाखमा मात्रै घर फर्कन्छन्। लिमीमा बौद्ध धर्मावलम्बीको मात्रै बसोबास रहेको छ।

बस्तीमा हिमपात भएपछि वार्षिक परीक्षा दिइरहेका विद्यार्थीलाई निकै समस्या भएको छ। हुम्ला र डोल्पा जिल्लामा मंसिर लागेसँगै वार्षिक परीक्षा सुरु हुने गर्दछ। परीक्षापछि विद्यालय वैशाखसम्मका लागि बन्द हुन्छन्।

अधिकाँश बस्ती सम्पर्कविहीन

चिसो बढेसँगै कर्णालीका अधिकाँश बस्ती सम्पर्कविहीन बनेका छन्। हुम्लामा परेको हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका बस्ती सम्पर्कविहीन भएका छन्। भिसिआर र सोलारबाट चल्दै आएका हुम्लाका दुई दर्जन बढी बस्तीका टेलिफोनले काम गर्न सकेका छैनन्।

नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार, खगालगाउ, हेप्का, टाङगिन लगायतका बस्ती जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्कविहीन बनेका हुन्। चिसोले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयदेखि निजी व्यवसाय गर्दै आएका होटेलहरु पनि प्रभावित बनेका छन्। चिसोकै कारण अधिकांश बस्तीबाट घरबाहिर निस्कन सक्ने वातावरण बनेको छैन। गाईबस्तुलाई घाँस खुवाउनसमेत समस्या भएको छ।


(हुम्लाबाट पत्रकार नरजंग तामाङको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।