काठमाडौं – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ। परिषदको बिहीबार विहान ९ बजे बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबराकाे नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो। यस अघिनै जोशी एकपटक सुनुवाई समितिबाट अस्विकृत भइसकेकाले राणाको सम्भावना बलियो देखिएको थियो।
राजनीतिक चलखेलका कारण पटक–पटक स्थगित हुदै आएको बैठक प्रधानन्यायाधीशको नाम सिफारिसकै लागि आज छैटौँ पटक बसेको थियो।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुस १७ गते अवकाश पाउँदैछन्। सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भएको व्यक्तिमात्र प्रधानन्यायधीश हुन पाउने संवैधानिक व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४