आइतबार, साउन १०, २०८३

राजदूतबाट बर्खास्त हुँदै लक्की शेर्पा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ– मानव तस्करीमा संलग्न रहेको आरोपमा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्ने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयले शेर्पालाई बर्खास्त गर्र्न लागेको हो।

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा तत्कालीन माओवादी केन्द्रबाट राजदूत सिफारिसमा परेकी थिइन्। नेकपाको परराष्ट्र समितिको बिहीबार बस्ने बैठकले राजदूत शेर्पालाई नैतिक आचरणविपरीत आर्थिक अनियमितता गरेको आरोपमा फिर्ता बोलाउने निर्णय गर्न लागेको पार्टी उच्च स्रोतले बतायो। समितिले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरेको नेकपा परराष्ट्र समितिका एक सदस्यले नेपाल समयलाई जानकारी दिए।

वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा रहेको परराष्ट्र समितिको निर्णयपछि परराष्ट्र मन्त्रालयले राजदूतमाथि कारबाहीको निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

राजदूत शेर्पाले उनकै सवारीचालक वाङ्चु शेर्पासँग पैसा लिएर अस्ट्रेलिया लगेको तथ्य बाहिर आएपछि उनी मानव तस्करमा संलग्न रहेको खुलासा भएको हो। शेर्पामाथि लागेको आर्थिक अनियमितता तथा मानब तस्करीको आरोप छानबिन गर्न परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले शेर्पालाई दोषी देखाइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।