आइतबार, साउन १०, २०८३

पिस फेडेरेसनको झुटविरुद्ध कड्किए गगन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- विवादित संस्था युनिर्भल पिस फेडेरेसन (युपिएफ)ले नेपालका बारेमा गलत प्रचार गरेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियो झुटको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

उनले उक्त भिडियोको सुरुवातमै १३ बर्ष अगाडि नोबेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन (युपिएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएकोमा आपत्ति जनाएका छन् । 

“युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले ग¥यो त्यो विषयमा हाम्रो कुनै चासो छैन, तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ,” उनले ट्वटिरमा लेखेका छन् । नेता थापाले थप प्रष्ट्याउदै लेखेका छन्, “पहिलो कुरा त नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुट, कपोलकल्पित र बदनियतपुर्ण छ ।”

यस्ता गलतप्रचार गरेर नेपालको सम्मानित संसदको दुरुपयोगसँगै अन्तर्राष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् । उक्त भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजा गरेको मात्रै भनिएको छैन युपिएफ–एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुनलाई ’ सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र सबै नेपालीले बैधानिकता दिएको भनेका छन । 

भिडियोमा नेपालमा इश्वरिय राज्य स्थापना गरिएको भनिएको छ । यो विषयमा पनि नेता थापाले चर्को विरोध गरेका छन् र उनले यस्ता भ्रामक भिडियो मार्फत नेपाल र नेपाली जनताको घोर अपमान गरेको भन्दै आक्रोश पोखेका छन् । उनले धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले  संस्थामाथि कारबाही गर्न समेत माग गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।