एजेन्सी- बुधबार भएको युइएफए च्यारिमपयन्स लिगमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस पराजित भएको छ । तुलनात्मक रुपमा कमजोर मानिएको स्वीस क्लब योङ ब्वाइजसँग युभेन्टस २-१ ले पराजित भएको हो ।
पहुना टोलीलाई पराजित गर्न योङ ब्वाइजका गुइलाउमीले २ गोल गरे भने युभेन्टसका पाउलो डिबेलाले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता घरेलु टोलीले नै लिएको थियो । खेलको ३०औं मिनेटमा घरेलु टोलीले पेनाल्टीमा गुइलाउमीले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थियो ।
पहिलो हाफमा १-० को अग्रता बनाएको योङ ब्वाइजले ६८औं मिनेटमा अग्रता दोब्बर पार्यो । गुइलाउमीलले नागामलेउको पासमा व्याक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर वारेका थिए ।
८०औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउनले संकेत देखाएका थिए । तर, थप गोल हुन नसक्दा युभेन्टस घरेलु टोलीसँग २-१ ले पराजित भएको हो ।
डिबलाले रोनाल्डोको पासलाई सदुपयोग गर्दै एक गोल फर्काएका थिए । योङ ब्वाइजसँगको हारपछि पनि युभेन्टस समूह ‘एच’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ । योङ ब्वाइज ४ अंक जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब भ्यालेन्सियासँग २-१ ले पराजित भयो । पराजित भएपनि म्यानचेस्टर युनाइटेड समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४