जनकपुर- सप्ताहव्यापी लामो विवाह पञ्चमी महोत्सव बिहीबार (आज) सकिदैछ । आज पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरेसँगै विवाह पञ्चमी औपचारिक रुपमा सकिने छ ।
आज अन्तिम दिन रामकलेवा अर्थात् जन्ती बिदाई गरिदै छ । विधि विधान अनुसार रामकलेवामा अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरबाट भोजन गराई बिदाई गर्ने गरिन्छ
बिदाईका क्रममा मिथिलाको परम्परामा आधारित धोती, डोप्टा र पागले बिदाई गरिन्छ। विवाह पञ्चमीको स्वयम्बरका दिन विवाह भएको जोडीहरुलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरुले एक अर्का पक्षलाई गाली गर्दै ठटयौली गर्ने परम्परा समेत रहेको छ ।
विवाह पञ्चमीकै लागि बुधबार भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी जनकपुर आएका थिए । उनी बुधबार नै स्वदेश फर्किएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४