काठमडाौं- भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि आज बिहीबार पुनः संवैधानिक परिषद्को बैठक बस्दै छ ।
राजनीतिक चलखेलका कारण पटक–पटक स्थगित हुदै आएको बैठक प्रधानन्यायाधीशको नाम सिफारिसकै लागि आज छैटौँ पटक बस्न लागेको हो ।
बिहान ९ बजेपछि सिंहदरबारमा बस्ने आजको बैठकले नाम सिफारिस गर्ने सम्भावना रहेको राष्ट्रिय सभाका अध्यक्ष तथा परिषद्का सदस्य गणेश तिमल्सिनाले जानकारी दिए ।
न्याय परिषद्ले दीपकराज जोशी र चोलेन्द्र शम्शेर राणको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्ले यिनै दुई मध्ये एकको नाम चयन गरेर संसदीय सुनवाई समितिमा पठाउने छ । जोशी एकपटक सुनुवाई समितिबाट अस्विकृत भैसकेकाले राणाको सम्भावना बलियो छ ।
जोशी की राणा भनेर पटक पटक दलहरुबीच बहस चलिरहेकै कारण परिषद्ले कुनै निर्णय लिन सकेको छैन् । बिपक्षी दल सहमती गरेर मात्रै नाम सिफारिस गर्नु पर्ने पक्षमा रहेको छ भने सत्तापक्षसँग जोडिएका सदस्यहरु भने सहमतिका नाममा परिषद्लाई अनिर्णयको बन्दी बनाउन नहुने अडानमा छन् ।
यसअघि मंसिर १७ गते बैठक बसेपनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो । २२,२५ र २६ गते बोलाइएको अर्को बैठक प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित बस्न सकेको थिएन । प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउदैछन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४