आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङमा जन्ती बोकेको जिप र बस ठोक्कियो, दुलाहाका बाबुआमासहित ६ को मृत्यु 

दाङमा जन्ती बोकेको जिप र बस ठोक्कियो, दुलाहाका बाबुआमासहित ६ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दाङ- दाङको लमही नगरपालिका–९ बगारबाबामा विवाहबाट फर्किएको जिप र बस एकआपसमा ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।

चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जिप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा जीपमा सवार दुलाहाका बुवा आमा र आफन्त रहेका छन् ।  प्रहरीका अनुसार दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका ८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीय विमला खत्री र आफन्त ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का रहेको मृत्यु भएको हो । 

त्यस्तै, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको पनि ज्यान गएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरु नेपालगन्जमा उपचार भइरहेको छ । दुलाहा र दुलही भने अर्को जिपमा रहेका कारण सुरक्षित भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।