आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : अब बिना टेन्डर प्रधानमन्त्रीले ठेक्का दिने

आजका अखबार : अब बिना टेन्डर प्रधानमन्त्रीले ठेक्का दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

५० अर्बमाथिका ठूला आयोजना प्रधानमन्त्री नेतृत्वको समितिले सोझै ठेक्का दिन सक्ने गरि कानुन बनाउन लागिएको विषयलाई आजको कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ। कामलाई छरितो र छिटो गर्न भन्दै यस्तो नियम ल्याउन ल्याउन लागेको सरकारको दाबी छ । तर, विज्ञहरुले भने यसले झनै भ्रष्टाचार बढाउने टिप्पणी गरेका छन् । 

यस्तै कान्तिपुरले सार्वजनिक खरिद अनुगमन कार्यालयले वाइडबडी खरिद गर्दा कानुन मिचेको ठहर गरेको विषयलाई एङ्कर न्यूज बनाएको छ भने कांग्रेसमा पदाधिकारी संख्या ११ पुर्याउन प्रस्ताव गरिएको विषयलाई पनि महत्वका साथ प्रकाशित गरेको छ । 

नयाँ पत्रिका दैनिकले भने प्रधानन्यायाधीशमा राजनीति शीर्षकमा मुख्य समाचार छापेको छ। संविधानअनुसार बहालबाल प्रधानन्यायाधीशको पदावधी सकिन एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने व्यवस्था छ । तर, राजनीतिक दाउपेचका कारण अहिलेसम्म नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन् ।

संवैधानिक परिषद्को बैठक लगातार पाँचपटक स्थगित भइसकेको छ भने बिहीबार छैटौँ पटक बस्न लागेको समाचारमा उल्लेख छ ।  

यस्तै ललितपुरको गोदावरी– १ गोदामचौरमा एक वर्षअघि भएको बलात्कार काण्डको प्रमाण पनि प्रहरीले नष्ट गरेको विषयलाई नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । यस्तै नेपाली कांग्रेसको बैठकमा धर्मसम्बन्धी विषयमा बहस सुरु भएको विषयलाई नयाँ पत्रिकाले महत्वकासाथ छापेको छ। 

नागरिक दैनिकले भने मलेसिया रोजगारीमा जाने कामदारहरुलाई ठगी गरेको आरोप लागेका ब्यक्तिलाई अदालतले सफाइ दिएको विषलाई मुख्य समाचार बनाएको छ। यस्तै करोडौँको डिजेज चुहावट र चोरी हुँदा पनि नेपाल आयल निगमको नेतृत्व मूकदर्शक बनेको विषयलाई विशेष स्थान दिएको छ। 

आजको अन्नपूर्णले भने भूकम्प प्रभावितका लागि ३ वर्ष अघि भारतबाट ल्याइएको जस्ता वीरगन्जमा सडेर बसेको खुलासा गरेको छ ।

भूकम्प गएको साढे ३ वर्ष बितिसक्दा पनि अझै ति जस्तापाता पीडितले पाउन सकेका छैनन् । साल्ट ट्रेडिङ कम्पनीले २६ करोड ६ लाख लागतमा ल्याएको जस्ताका विषयमा आपूर्ति मन्त्रालले कहाँ पठाउने भन्ने निर्णय नगर्दा सडेर गएको समाचारमा उल्लेख छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।