आइतबार, साउन १०, २०८३

घरेलु मैदानमा रियलको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- बुधबार राति भएको युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले लज्जासपद हार व्यहोरेके छ । घरेलु मैदानमा समुह चरणको अन्तिम खेलमा रुसी क्लब सीएसएसके मस्कोसँग ३-० को लज्जासपद हार व्यहोरेको हो । 

मस्कोको जितका लागि फेडोर चालोभ, जर्जि शेनेकोभ र अर्नोर सिगुर्डसनले समन एक एक गोल गरे । पहिलो हाफमै मस्कोले घरेलु टोलीविरुद्ध २-० को अग्रता बनाएको थियो ।

त्यस्तै दोस्रो हाफमा थप एक गोल गर्दै मस्कोले रियललाई उसैको घरेलु मैदानमा ३-० को लज्जासपद हारको स्वाद चखाएको हो । मस्कोले खेलको ३७ औं मिनेटमा अग्रता लिएको थियो । 

३७ औं मिनेटमा चालोभले गोल गर्दै मस्कोलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै खेल सकिन दुई मिनेट बाँकी रहँदा शेनेकोभले गोल गर्दै मस्कोलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । 

दोस्रो हाफमा थप एक गोल गरेको मस्कोका लागि खेलको ७३ औं मिनेटमा सिगुर्डसनले गोल गरे । यस गोलसँगै रियल मस्कोसँग ३-० ले पराजित भएको हो । हारसँगै रियल ९ बर्षपछि घरेलु मैदानमा स्तब्ध हुन पुग्यो । 

यसअघि सन् २००८र९ को सिजन घरेलु मैदानमा रियल युभेन्ट्ससँग पराजित भएको थियो । घरेलु मैदानमा पराजित भएपनि रियल यसअघि नै समूह ‘जी’ को विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरि सकेको थियो । 

यस समूहबाट इटालियन क्लब रोमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुग्यो । बुधबार राति भिक्टोरिया प्लेजेनसँग २-१ ले पराजित भएपनि रोमाले ९ अंक जोड्दै प्ले अफमा प्रवेश गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।