आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रविधियुक्त उद्यम प्रबर्द्धनका लागि 'स्मार्ट सहरी प्रविधि' प्रतिस्पर्धा

प्रविधियुक्त उद्यम प्रबर्द्धनका लागि 'स्मार्ट सहरी प्रविधि' प्रतिस्पर्धा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा- २०७५’ गर्ने भएको छ। प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्ने दिशातिर अघि बढ्न तथा नविनतम व्यापारशैली अवलम्बन गर्दै स्वदेशमै बसी उद्धमशीलता प्रबर्द्धन गर्न सक्ने सामूहिक प्लेटफर्मको विकास गर्ने उद्देश्यका साथ प्रतिस्पर्धाको आयोजना गरिएको महानगरपालिकाले जनाएको छ।

उद्धमशीलता प्रवद्र्धका लागि आयोजना गरिने प्रतिस्पर्धालेसुखी नेपाली समृद्ध नेपाल निर्माण अभियानमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। काठमाडौंको समस्या पहिचान गरी तिनलाई निराकरण गर्ने नविन तथा प्रविधिमैत्री उपायहरुको खोज तथा संकलन गर्ने, नविन प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तन गरी आधुनिक, सम्य र सुसंस्कृत महानगर निर्माण गर्ने उपयुक्त प्रविधि भित्र्याउने, विश्वमा प्रचनमा रहेका अथवा भविश्यमा नवनिर्माण हुन सक्ने नविन सोचको अन्वेषण गर्ने लगायतका उद्देश्यका साथ प्रतिस्पर्धाको आयोजना गरिन लागिएको हो।

प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार विषयमा आफ्ना नविन विचार प्रस्तुत गरी प्रतिस्पर्धा गर्न सक्ने छन्।  प्रत्येक प्रतिस्पर्धाका विजेताले पाँच लाखदेखि एक लाखसम्म पुरस्कार जित्न सक्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।