आइतबार, साउन १०, २०८३

 भाजपाको पराजयबाट  भारतीय राजनीति तरंगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भारतका पाँचवटा प्रान्तहरु मध्यप्रदेश, छत्तिसगढ, राजस्थान, मिजोरम तथा तेलङ्गानामा हालै सम्पन्न विधानसभा चुनावमा सत्ता रुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नराम्रो पराजय ब्यहोरेको छ। मध्यप्रदेश,  राजस्थान तथा छत्तीसगढ़ विधानसभा चुनावमा भाजपाले सत्ताबाट विमुख हुनु परेको छ। 

उता प्रमुख प्रतिपक्षी भारतीय काँग्रेसले भने अनपेक्षित विजय हाँसिल गरिरहेको छ। विजयबाट उत्साहित काँग्रेस पार्टीको उच्च नेतृत्वले जनताको  विजयको प्रारम्भिक प्रतिक्रिया जनाएको छ। निर्वाचन भएका पाँचवटा प्रान्तमध्ये तीनवटा प्रान्तमा काँग्रेसले प्रष्ट बहुमत प्राप्त गरेको छ। र, अन्य दुइवटा प्रान्तमा पनि सन्तोषजनक उपलब्धि हाँसिल गरेको छ।

मध्यप्रदेशमा शिवराज कैबिनेटमा रहेका कुल ३१ मंत्रीमध्ये १३ जनाले चुनाव हारेका छन। राजस्थानकी मुख्यमन्त्री वसुंधरा राजे सरकारका आधाजती मन्त्रीहरुले हार ब्यहोरेका छन्। वंसुधरा समेत ३० जना मंत्रीमध्ये जम्मा ८ जना मात्र पुन र्निर्वा्चित भएका छन्। छत्तीसगढ़का मुख्यमंत्री रमन सिंहका अलावा चुनावमा कृषि मंत्री बृजमोहन अग्रवाल, स्वास्थ्य मंत्री अजय चंद्राकर, खाद्य मंत्री पुन्नालाल मोहीले मात्रै आफ्नो सिट बचाउन सफल भएका छन्।  

काँग्रेस नेता राहुल गान्धीका अनुसार भाजपाले गरेका कमजारीहरुको कारण  आफ्नो पार्टीले विजय प्राप्त गरेको बताएका छन्। आफ्नो दलको विजयको अवशरमा खुशी हुँदै राहुल गान्धीले आम जनतालाई सम्बोधन गर्दै भनें– ‘’यस विजयमा  साना  व्यापारीहरु, गरिब किशानहरु तथा  बेरोजगार  युवाहरुको अदम्य साहस र  त्याग जोडिएको  छ।’ उनले भाजपाका राज्य सरकारहरुले थालेका राम्रा कामहरुलाई अघि बढाउँदै नयाँ कार्यक्रमहरुको पनि थालनी  गर्ने बताए। 

वर्तमान प्रम नरेन्द्र मोदीबाट आफुले राजनीति गर्ने तरिका सिकेको वताउँदै राहुल गान्धीले भने, ‘काँग्रेसले  विरोधीहरुलाई पनि साथमा लिएर अघि बढ्नेछ।’प्रधानमंत्री  मोदी र उनको पार्टीले मुलुकको हित गर्न नसक्ने बताउँदै राहुलले ‘भाजपा सरकारले गरिब  किसान  तथा बेरोजगार युवाहरुको ढुकढुकीलाई महसुस गर्न नसकेको आरोप लगाए। ‘राजनीतिमा जनता नै सबैभन्दा ठूला शिक्षक भएको र जतिसुकै दिग्गज राजनेता भए पनि आम जनताको मर्का बुझ्न नसके सबै पार्टीहरुको अवस्था भाजपाको जस्तै हुने’ बताए।  
 
भिषण गरिबी, बेरोजगारी, सामाजिक अराजकता, धार्मिक असहिष्णुता, सांस्कृतिक विचलन आदिजस्ता उल्लेख्य समस्याहरु आफ्नो सरकारले समाधान गर्ने बताउँदै राहुल गान्धीले भाजपालाई गतिलो जवाफ दिदै भने– ‘काँग्रेस मुक्त भारत’ भन्ने जस्तो अराजनीति आफुले नगर्ने बरु कुनै पनि दललाई निषेध गरिने छैन। 

भारतीय  राजनीतिमा  हावी भइरहेको धर्मान्धता, असहिष्णुता, क्षेत्रीयता एवं जातियता जस्ता विषयलाई अन्त्य गर्दै राजनैतिक विचारधारालाई मात्र प्रश्रय दिइनेछ।’  
प्रधानमन्त्री मोदीले सन् २०१४ मा तय गरेको ‘प्रतिपक्षमुक्त भारत’ भन्ने नाराप्रति कटाक्ष गर्दै राहुल गान्धीले भने– हामी ‘प्रतिपक्षमुक्त भारत’को नारा लगाउने पक्षमा छैनौं। बरु विपक्षीले अहिलेसम्म गरेका राम्रा कामलाई त्यही बिन्दुबाट अघि बढाउनेछौं। र, यसमा हामी विपक्षीको पनि सहयोग लिनेछौं।

भाजपाको पराजयका कारणहरुबारे भारतीय संचार माध्यममा विभिन्न कोणबाट वहस र विश्लेषण भइरहेको छ। खासगरी  सस्तो चुनावी नारामा रमाउनु, मतदाताको मनोविज्ञान बुझ्न नसक्नु, किसान आन्दोलनलाई समयमा सम्बोधन नगर्नु, सामाजिक सुरक्षा अभियानलाई उपेक्षा गर्नु, बाहुनक्षेत्रीलगायतको आन्दोलनलाई वेवास्ता आदि जस्ता कुरालाई भाजपाको पराजयका कारणको रुपमा अघि सारिएको छ । 

काँग्रेसको दावी अनुसार वर्तमान प्रम नरेन्द्र मोदीलाई बेरोजगारी अन्त्य गर्ने, भ्रष्टाचार निर्मुल गर्ने तथा किसान समस्याको समाधान गर्ने मुख्य तीनवटा कामको प्रयोजनको लागि अघि सारिएको थियो। तर उल्लेखित कुनै पनि काम हुन नसकेको आरोप काँग्रेसको छ। भाजपा एउटा भ्रष्टहरुको  पार्टी  भएकाले यसको नेतृत्वमा  भारत कहिले पनि संवृद्धितर्फ अघि बढ्न नसक्ने ठहर काँग्रेसले गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।