आइतबार, साउन १०, २०८३

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने प्रक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीलाई कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका-४ का १८ वर्षिय चमन विक, १९ वर्षिय रेमन विक र १७ वर्षिय रामबहादुर विक रहेका छन्। 

जसमध्ये चमन विक मुख्य दोषी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनीहरुले मंगलबार राति अध्यक्ष केसीलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका केसीको टाउकोमा तीन वटा टाँकाहरु लगाइएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार विवाहबाट फर्किदै गरेका उनीहरुले अध्यक्ष केसीलाई घरमा आक्रमण गरेका थिए। मादक पदार्थ सेवन गरेर गाउँमा हल्ला गर्दै हिँडेका उनीहरुले अध्यक्ष केसीले सम्झाउन खोजेपछि आक्रमण गरेको प्रहरीको भनाई छ। 

कुटपिटको आरोपमा प्रहरी बुधबार बिहानमात्रै ८ जनालाई पक्राउ गरेको थियो। तर तीनजना मात्रै दोषी देखिएपछि प्रहरीले उनीहरुलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।