आइतबार, साउन १०, २०८३

काठमाडौंलाई पराजित गर्दै ललितपुर इपिएलको प्ले-अफमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गौरभ तोमार र जय किशन कोल्सावालाको विस्फोटक ब्याटिङसँगै एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रीयट्स प्ले अफमा प्रवेश गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौँ किंग्स इलाभेनलाई १० विकेटले पराजित गर्दै ललितपुर इपिएलको प्ले-अफमा प्रवेश गरेको हो । काठमाडौंले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको ललितपुरले मात्र १०.३ ओभरमा विना विकेटको क्षतीमा उक्त लक्ष्य भेट्टाएको हो । 

ललितपुरका लागि गौरभ तोमारले विस्फोटक ब्याटिङ गरे । उनले अविजित रहदै ८० रन जोडे । घ५ बले खेलेका तामोरले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ओप्नर ब्याट्सम्यान कोल्सावालाले अविजित २७ रन जोडे । उनले २८ बल खेल्दै ४ चौकार प्रहार गरेर २७ रुन जोडेका थिए ।
 
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन मात्र  जोड्न सकेको थियो । काठमाडौंका लागि केभिन ओब्रयानले ४२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । 

केभिनले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सांसद शेख १० र सिद्धान्त लोहनी २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् । ललितपुरका पवन सरार्फले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । राशिद खान र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट लिँदा, सन्नी पटेलले १ विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।