आइतबार, वैशाख २८, २०८२

मिथिलामा तीन दिन 'होरी'

 |  सोमबार, चैत १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

vianetvianet

महोत्तरी- मधेसमा दिनदिनै होली पर्वको रौनक छ। आइतबार सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ। प्रदेशका आठवटै जिल्लाका उत्तरवर्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दूले आइतबार फागु पर्व मनाए। पूर्णिमा तिथिकै दिन फागु मनाइने परम्पराअनुसार पहाडी मूलका हिन्दूले हिजो फागु मनाएका हुन्।

triton college

यता साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूर्णिमा सकिएर लाग्ने प्रतिपदा तिथिमा फागु खेल्ने परम्परा छ। यसअनुसार मधेसका अधिकांश ठाउँमा भोलि होली पर्व मनाइने तयारी छ। मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ। यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ।

पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको रंगभूमिमा अन्तिम बास बसेर १६औं दिन बिहान अन्तगृह परिक्रमा गरिन्छ। अन्तगृह परिक्रमाकै क्रममा होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होली मनाइने परम्पराअनुसार म‌ंगलबार पर्व मनाउनुपर्ने स्थापित मैथिल परम्परा भएको यस क्षेत्रको पाका मैथिल बताउँछन्।

फागु पर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ। यस मतका अनुयायी भोलि सोमबार पर्व मनाउने तयारीमा छन्। यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा मंगलबार पर्व मनाइनेको सङ्ख्या उल्लेख्य देखिन्छ। खासमा १५ दिने मिथिला माध्यमिकी यात्राको एक सय ३३ किमी वृत्तभित्र मंगलबार पर्व मनाइने मैथिल संस्कृति र परम्पराका जानकार सञ्चारकर्मी श्यामसुन्दर शशि बताउँछन्।

“मध्यमा परिक्रमा जनकपुरको रंगभूमि मैदानमा जम्मा भएकै दिन राति होलिका दहन गर्ने, भोलिपल्ट अन्तगृह परिक्रमासँगै धुरा उडाउने र त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ”, शशि भन्छन्, “यसमा सामान्यतया तिथिको कुरा त जोडिन्छ, तर कहिलेकाहीँ तिथिको भोग घटबढको असरले तलमाथि पर्छ।”

National life insurance

मिथिलामा सामान्यतया चैतकृष्ण प्रतिपदाका दिन होली पर्व पर्ने भए पनि होलिका दहन र अन्तगृह परिक्रमा एक दिनको फरकमा हुने परम्पराले यसपालीको पर्व मंगलबार पुगेको शशि बताउँछन्।

यहाँ पर्वते र मूल मधेसी समुदायको अन्तर्घुलनले सबै परम्पराअनुसार एकअर्काको होली परम्परामा सरिक हुँदै आएका छन्। “प्रेम, सद्भाव र आपसी एकताको सन्देश दिने पर्वको अभिष्ठ हो, हामी तीनै दिन एकआपसमा मिलेर होली खेल्छौं”, भंगाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्छन्।

आ-आफ्ना सुविधा र मान्यताअनुसार तीन दिन ‘होरी’ मनाइँदै गरिए पनि यसपाली होली शान्त नै देखिएको छ। बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होली शान्त देखिएको हो। मधेस प्रदेशभित्रका आठै जिल्लामा जिल्ला प्रशासनले भिडभाड नगर्न, भिडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ।

प्रकाशित: Mar 25, 2024| 07:00 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्