आइतबार, साउन १०, २०८३

जनकपुर ओर्लिए आदित्यनाथ, लालबाबुले गरे स्वागत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुर- भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार जनकपुर आइपुगेका छन् । रामजानकी विवाहोत्सव समारोहमा सहभागी हुन योगी जनकपुर आएका हुन् । लखनउबाट विशेष विमानबाट जनकपुर अवतरण गरेका उनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गरेका छन् ।

योगीलाई स्वागत गर्न मुख्यमन्त्री राउतसहित मन्त्रिमण्डलका सदस्य एवं सभामुख तथा उपसभामुखको टोलीले स्वागत विमानस्थल पुगेका थिए । विमानस्थलमा अवतरण गरिसकेपछि मुख्यमन्त्री योगीको सोझै जानकी मन्दिर पुगेर पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । जानकी मन्दिरमा पूजाअर्चना गरिसकेपछि उनी प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सरिक हुनेछन् ।

प्रदेश २ सरकारले योगीको सम्मानमा मधेस भवनमा दिवा भोजको आयोजना गरेको हो । दिवा भोजमा योगीसहित करिब १ हजार ५ सय साधुसन्तसमेत सहभागी हुने बताइएको छ । योगीको सम्मानमा आयोजना गरिने दिवा भोजमा प्रदेश सरकारले ५६ प्रकारको व्यन्जनको व्यवस्था गरेको कानुनमन्त्री यादवले बताएका छन् ।

मधेस भवनमा प्रदेश सरकारले योगीको सम्मानमा मिथिला संस्कृति झल्किने सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको छ । सांस्कृतिक कार्यक्रममा मैथिली क्षेत्रका चर्चित कालाकार शारदा सिन्हा, सुनिल मल्लिक र मैथिली ठाकुरले प्रस्तुति गर्ने बताइएको छ ।

मधेस भवनको कार्यक्रमपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगीे रंगभूमि मैदानमा आयोजना हुने रामजानकीको स्यंभर कार्यक्रममा सहभागी हुनेछन् । करिब एक घन्टासम्म चल्ने स्वयंभर कार्यक्रममा सहभागी भइसकेपछि योगीको साँझ पौने ६ बजे लखनउ फर्किने कार्यक्रम रहेको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।