बुधबार, चैत १८, २०८२

बार्सिलोनाका लागि डेम्बेले आवश्यक : मेस्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाले यस सिजनको अन्त्यमा नयाँ स्टार खेलाडी भित्र्याउन उसमान डेम्बेलेलाई बेच्न सक्ने चर्चा चलेसँगै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले टिममा उनको आवश्यकता रहेको बताएका छन् । 

केहि समयअघि कप्तान मेस्सीले पनि फ्रान्सका २१ बर्षीय विंगर डेम्बेलेलाई बेच्न सुझाव दिएका थिए । तर, अहिले उनी टोलीका लागि महत्वपूर्ण रहेको बताएका छन् । 

पछिल्लोपटक ला लिगामा इस्पान्योलविरुद्ध अवे मैदानमा भएको खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै मेस्सीले यस्तो बताएका हुन् । बार्सिलोनाले ४-० ले जितेको खेलमा मेस्सीले २ गोल फ्रि किकबाट गरेका थिए भने १ गोलका लागि पास मिलाएका थिए । 

सोही खेलमा डेम्बेलेले मेस्सीको पासमा गोल गर्दा लुइस स्वारेजका लागि असिस्टसमेत गरेका थिए । सो खेलपछि मेस्सीलाई पत्रकारले ‘बार्सिलोनाले डेम्बेलेलाई बेच्ने तयारी गरेको’ विषयमा सोधेका थिए । 

‘क्लबको योजना के छ, त्यो मलाई थाहा छैन । तर, डेम्बेले टोलीका लागि आवश्यक छन्,’ मेस्सीले भने । मेस्सीले डेम्बेले युवा रहेको र उनीसँग प्रशस्तै सम्भावना रहेको पनि बताए । बार्सिलोनाले डम्बेलेलाई अघिल्लो सिजन जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १ सय ५ मिलियन युरोमा अनुबन्ध गरेको थियो । 

आगामी समर सिजनमा बार्सिलोनाले आफ्ना पूर्वस्टार नेइमार फर्काउन चाहेको र त्यसका लागि उसले डेम्बेले बेच्ने तयारी गरेको खबर आइरहेका छन् । बार्सिलोनाले डेम्बेले बेचे इंग्लिस क्लब आर्सनलले विशेष रुपमा अनुबन्ध गर्न तयारीमा रहेका खुलासा भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।