आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय टोलीको दौडाहा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय टोलीको दौडाहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- वन संरक्षणसँग जोडेर विवाद र चर्चाको विषय बनाइएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको संसदीय र राष्ट्रिय सभाको टोलीले स्थलगत निरिक्षण गरेको छ।

गत साता संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमिति संयोजक माधवकुमार नेपाल नेतृत्वको संसदीय टोलीले निजगढ स्थलगत अनुमगन गरेको थियो । 

 राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले बुधबार स्थलगत निरिक्षण गरेको छ। राष्ट्रिय सभाको टोलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माका साथै स्थानीयबासिन्दा र राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ ।

 छलफलको क्रममा टाँगियाबस्तीमा रहेका १४ सय ७६ घर धुरी र काँट गाउँका ३० घरधुरी रहेको सुकुम्बासी बस्तीको व्यवस्थापन नै विमानस्थल निर्माणको लागी मुख्य चुनौती रहेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सदस्य कोमल ओलीले बताइन् । 

छलफलको क्रममा स्थानीय बासिन्दाले टाँगियाबस्तीमा जग्गाको लालपुर्जा नभएका सुकुम्बासीहरु वर्षौदेखि बसोबास गर्दै आएकोले उनीहरुलाई अन्यत्र बसोबासको व्यवस्था गरिदिनुपर्ने सुझाव दिएका थिए ।

 राष्ट्रिय सभा सदस्य ओलीले रुख कटानको विषयमा भने बाहिर आएजस्तो समस्या नरहेको बताउँदै बस्तीबाटै काम सुरु गर्न सकिने र आवश्यकताका आधारमा रुख काट्दै जानुपर्ने सुझाव स्थानीयका तर्फबाट आएको जानकारी दिइन् ।
 
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा रुख कटान र स्थानीयको मागका विषयमा स्थलगत अनुगमन गर्न राष्ट्रिय सभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति पार्वती रावल नेतृत्वको १२ सदस्य टोलीले दुई दिन लगाएर स्थलगत निरिक्षण, अनुगमन र छलफल गरेको हो ।

 टोलीले आयोजनाको हालसम्मको कार्य प्रगति र गर्नुपर्ने बाँकी कामहरुको सम्बन्धमा प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि तत्काल सरकारलाई पेश गर्ने समितिका सचिव सुदर्शन कुँईकेलले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।