आइतबार, साउन १०, २०८३

बझाङ र बैतडीमा भिरबाट लडेर  दुईको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बझाङ र बैतडीमा भिरबाट लडेर दुई जनाको भएको छ । बझाङमा महिला र बैतडीमा बालिकाको भिरबाट लडेर ज्यान गएको हो ।

बझाङको बुंगल नगरपालिका ९ सैनोडी बस्ने ५० वर्षीया धौली देबि बोहोराको मंगलबार ज्यान गएको छोरा प्रकाश बोहोराले जानकारी दिए । 

गाउँ नजिकैको भिरमा घासकाट्न गएको बेला चिप्लिएर उनको ज्यान गएको हो । यस्तै बैतडीमा १३ वर्षीया बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । दोगाडाकेदार गाउँपालिका(६ सित्तड सलेनाकी १३ वर्षीया बालिका देवकी गोयलाको भीरबाट लडेर मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भीरबाट खसेकी बालिकाको शव फेला परेको मृतकका दाजु गजबहादुर गोयलाले जानकारी दिए । गाउँमै रहेको पञ्चदेवल आधारभूत विद्यालय रिँठेगाउँमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुका महिलाहरुको घाँस काट्ने क्रममा लडेर वर्षेनी मृत्यु हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।