शुक्रबार, चैत २०, २०८२

नेयमार, एमबाप्पे र कभानिको गोलमा पिएसजी नकाउट चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगमा समूह ‘सी’ को विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूहको अन्तिम खेलमा रेड स्टारमाथि फराकिलो अन्तरले जित निकाल्दै पिएसजी समूहको विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो । 

अग्रपङ्तीका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेपछि पीएसजीले रेड स्टारमाथि ४-१ को फराकिलो जित निकालेको थियो । त्यस्तै पिएसजीका लागि अर्को गोल मार्किनेसले गरेका थिए । 

पाहुना टोली पीएसजीलेखेलको  १०औं मिनेटमा एडिन्सन काभनीको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले केलियन एमबाप्पेको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

खेल सकिन ५ मिनेट बाँकी रहदा स्टार खेलाडी नेयमारले गोल गरे पछि पिएसजीको पहिलो हाफमा अग्रता दोब्बर पारेको थियो । दोस्रो हाफमा पीएसजीले थप दुई गोल गर्दा रेड स्टारले एक गोल फर्काएको थियो । 

५६औं मिनेटमा रेड स्टारका मार्को गोवेजिकले गोल गर्दै खेलमा फर्किने प्रयार गरेका थिए । तर, पिएसजीले थप दुई गोल गर्दा रेड स्टारले भने गोल गर्न सकेन । ७४औं मिनेटमा एन्जल डि मारियाको पासलाई मार्किनोसले गोल गर्दै खेललाई ३-१ को अग्रता बनाए । 

इन्ज्युरी समयमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४-१ को जित दिलाए । पीएसजीले समूहको ६ खेलमा ३ जित, २ बराबरीसँगै १ हार बेहोर्दै ११ अंक जोड्यो । रेड स्टार भने यसअघि नै समूह चरणबाटै बाहिरिसकेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।