एजेन्सी- इटालियन क्ब नेपोलीलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले नेपोलीलाई १-० ले पराजित गर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको एक मात्र निर्णायक गोल लिभरपुलका फर्वाड मोहमद सलहाले गरेका थिए । उनको गोल मार्फत नै लिभरपुलले पहिलो हाफमा नेपोलीविरुद्ध १-० को अग्रता बनाएको थियो ।
लिभरपुललाई अन्तिम १६ मा पुग्न स्पष्ट जितको आवश्यकता थियो । जसमा सलाहले खेलको ३४ औ मिनेटमा विजयी गोल गर्दै लिभरपुललाई शीर्ष १६ मा पुर्याए । उनले जेम्स मिल्नरको पासलाई सदुपयोग गर्दै विजयी गोल गरेका थिए ।
लिभरपुलका लागि गोलकिपर एलिसनले समेत उत्कृष्ट खेल प्रर्दशन गर्दै ईटालियन क्लबलाई निराश बनाए । जितसँगै लिभरपुल समूह ‘सी’ उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
लिभरपुलले ६ खेलमा ९ अंक जोड्यो । र, नापोलीसँग समान अंक जोडेपनि गोल अन्तरमा अघि रहदै लिभरपुलले दोस्रो चरणको यात्रा तय गर्यो । यस समूहबाट ११ अंक जोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह विजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४