आइतबार, साउन १०, २०८३

बार्सिलोनासँग बराबरी खेल्दै टोटनहम नकआउट चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युइएफए च्याम्पियनस लिगमा टोटेनहम हट्स्परले बार्सिलोनालाई बराबरीमा रोक्दै लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरीमा रोक्दै लिगमा दोस्रो चरणको यात्रा तय गरेको हो ।

समूहको अर्को खेलमा इन्टर मिलान र पीएसभीले पनि समान १-१ को बराबरी खेलेपछि टोटेनहम दोस्रो चरणमा पुगेको छ । पहिलो हाफमा बार्सिलोनाले लिएको अग्रता जोगाउन नसक्दा बार्सा अंक बाढ्न बाध्य भएको हो । 

खेलको ७ औं मिनेटमा बार्सिलोनाले ओस्मान डेम्बेले गोल मार्फत खेलमा अग्रता लिएको थियो । निकै नै आक्रमक खेल्दै टोटेनहमले बार्सिलोनाको डिफेन्सलाई समस्यामा पारेका थिए । 

तर, पनि टोटनहामले पहिला हाफमा बराबरी गोल फर्काउन सकेन । खेलको ८५ औं मिनेटमा केनको क्रसमा मोउराले गोल गर्दै टोटेनहमलाई दोस्रो चरणमा पुग्ने आशा जगाए । बार्सिलोनाले यस नतिजासँग च्यान्म्पियन्स लिगमा घरेलु मैदानमा अपराजित यात्रालाई २९ खेलसम लम्ब्याएको छ । 

पछिल्लो २९ खेलमा बार्सिलोनाले २६ जित र ३ बराबरी खेलेको छ । यो कीर्तिमान सन् २००२ अप्रिलमा बायर्नले कायम गरेको थियो । टोटेनहम भने च्याम्पियन्स लिगमा चार पटक खेल्दा तेस्रो पटक अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । 

समूहबाट बार्सिलोना समूह विजेता र टोटेनहम समूह उपविजेताको रुपमा अर्को चरण प्रवेश गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।