आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय विधानसभा चुनाव: मोदीलाई झट्‍का, कंग्रेसको शानदार 'कमब्याक'

भारतीय विधानसभा चुनाव: मोदीलाई झट्‍का, कंग्रेसको शानदार 'कमब्याक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नयाँ दिल्ली- भारतमा भइरहेको विधान सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई नराम्रो झट्‍का महसुस गर्नुपरेको छ। विधान सभा चुनावमा भाजपाले अनपेक्षित पराजय भोगिरहँदा राहुल गान्धी नेतृत्वको भारतीय कंग्रेसले उत्साहजनक कमब्याक गरेको छ। 

मंगलबार ९ बजेसम्मको मतपरिणाम अनुसार मध्यप्रदेशमा कांग्रेसले २८ सिटमा जित हात पारेको छ भने भाजपाले २९ सिटमा विजयी भएको छ। कांग्रेस मध्यप्रदेशमा ८४ सिटमा अगाडि छ भने भाजपा ८२ सिटमा अघि छ। 

त्यसैगरी छत्तिसगढमा कांग्रेस १५ सिटमा विजयी भएको छ भने भाजपाले ३ सिट मात्रै जितेको छ। यस प्रदेशमा कांग्रेस ५३ सिटमा अघि छ भने भाजपा १३ सिटमा मात्रै अघि छ। 

राजस्थानमा कांग्रेस ८२ सिटमा विजयी छ भने भाजपा ७० सिटमा विजयी  भएको छ। कांग्रेस १७ सिटमा अघि भएको छ भने भाजपा ४ सिटमा अघि छ।

तेलांगानामा कांग्रेस २० सिटमा विजयी भएको छ, टिराएस ७५ सिटमा विजयी भएको छ भने भाजपाले एक सिटमा चित्त बुझाउनु परेको छ। कांग्रेस १ सिटमा अघि छ भने टिराएस १३ सिटमा अघि छ।

मिजुराको अन्तिम मतपरिणाम अनुसार कांग्रेस ५ सिटमा विजयी भएको छ भने एमएनएफ २६ सिटमा विजयी भएको छ। यहाँ पनि भाजपाले एक सिटमा चित्त बुझाउनु परेको छ।

कांग्रेसको नेतृत्व गरिरहेका राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नै भ्रष्टाचारको प्रमुख भएको आरोप लगाएका छन्। गान्धीले जितपछि तत्कालै दुर्इ वटा काम गर्ने प्रतिबद्धता जनाएका छन्। जसमा किसानलार्इ ऋणमुक्त गर्ने, धानलाई किसानले तोकेको मूल्यमा सरकारले किन्ने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री मोदीले सन् २०१४ को नारा लगाएकोप्रति कटाक्ष गर्दै गान्धीले भने, 'हामी भाजपाले भनेजस्तो प्रतिपक्षीमुक्त भारत भन्ने नारा लगाउने पक्षमा छैनौं। बरु विपक्षीले अहिलेसम्म गरेका राम्रा कामलार्इ त्यही बिन्दुबाट अघि बढाउने छौं। यसमा हामी विपक्षीको पनि सहयोग लिनेछौं।'

भाजपाले हार्नुका कारणबारे भारतीय संचारमाध्यममा विभिन्‍न कोणबाट वहस र विश्लेषण भइरहेको छ। खासगरी  सस्तो चुनावी नारामा रमाउनु, मतदाताको मनोविज्ञान बुझ्न नसक्नु, किसान आन्दोलनलाई बेलामै सम्बोधन गर्न नसक्नु, सामाजिक सुरक्षा अभियानलाई उपेक्षा गर्नु,बाहुन-क्षेत्रीलगायतको आन्दोलनलाई वेवास्ता गर्नुलाई भाजपाले चुनाव हार्नुका मुख्य कारणका रुपमा अघि सारिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।