काठमाडौं- आज मंसिर २५ गते मंगलबार कहाँ क-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
संवैधानिक परिषद् रोकेर बालुवाटारमा प्रचण्ड र ओलीको गोप्य
मंगलबार साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएपछि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबी गोप्य वार्ता भइरहेको छ।
विधानसभा चुनाव: मोदीलाई झट्का, कांग्रेसको शानदार 'कमब्याक'
भारतमा भइरहेको विधान सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई नराम्रो झट्का महसुस गर्नुपरेको छ। विधान सभा चुनावमा भाजपाले अनपेक्षित पराजय भोगिरहँदा राहुल गान्धी नेतृत्वको भारतीय कांग्रेसले उत्साहजनक कमब्याक गरेको छ।
संवैधानिक परिषद् फेरि स्थगित, पुष ५ मा अर्को बैठक
नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नका लागि मंगलबार बोलाइएको संवैधानिक परिषद्को बैठक पुष ५ गतेसम्मका लागि स्थगित भएको छ।
जनकपुरमा श्रद्धालुको घुइँचो, हरेक दश मिनेटमा ६० जना भित्रिंदै
रामजानकी विवाहोत्सवमा सहभागी हुने तिर्थालुहरुको जनकपुरमा घुइँचो लागेको छ। विवाहोत्सव अन्तर्गत बुधबार हुने प्रमुख समारोहभन्दा एक दिनअघि नै जनकपुर तिर्थालुहरुले भरिभराउ भएको छ।
कांग्रेस बैठकमा राजनीतिक प्रतिवेदन पेस
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिले तयार गरेको राजनीतिक प्रतिवेदन पार्टी केन्द्रीय कार्य समिति बैठकमा पेस भएको छ।
उपसभापति तथा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले मंगलबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा चालु केन्द्रीय समिति बैठकमा समितिले तयार गरेको प्रतिवेदन पेस गरेका हुन्।
केपटाउनको पानी बौद्ध स्तूपमा (भिडियो)
दक्षिण अफ्रिकाको केपटाउनबाट एउटा टोली गाडीमा यात्रा गरी १७ हजार किलोमिटर पार गरेर काठमाडौं आएको छ । नेपालमा भइरहेको गैंडा संरक्षण अभियानप्रति दक्षिण अफ्रिकी ऐक्यबद्धताको सन्देश बोकेर टोली काठमाडौं आइपुगेको हो।
एनसेलले अझै तिरेन ७० अर्ब
दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीबापत सरकारले पाउनुपर्ने लाभकर ७० अर्ब रुपैयाँ पुगेको छ। एनसेल बिक्री भएको तीन वर्षसम्म बित्दा पनि एनसेल र एनसेल खरिदकर्ता कम्पनी टेलिया सोनेराले अनेक बहाना गर्दै सरकारलाई कर तिर्न आलटाल गर्दै आएका छन्।
महन्थ ठाकुर जनकपुर पुगेपछि राजपाको शक्ति प्रदर्शन
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका निर्वतमान संयोजक एवं अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर मंगलबार जनकपुर पुगेका छन्। अध्यक्ष मण्डलका संयोजकबाट हटाइएपछि ठाकुर पहिलो पटक जनकपुर पुगेका हुन्।
भारतीय मुख्यमन्त्री योगी चढ्ने: विमानको ‘टेस्ट फ्लाइट’
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेर जनकपुर आउने विमानको परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ। रामजानकी विवाहोत्सवमा सरिक हुन् जनकपुर आउनभन्दा एक दिनअघि मंगलबार भारतीय विमानको परीक्षण गरिएको हो।
बाँदरले बाँझै बनायो खेतीयोग्य जमीन
बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए ।
राजसंस्था पाखा लगाएपछि देश अभिभावकबिहीन : थापा
राप्रपाका अध्यक्ष कमल थापाले राजालाई पाखा लगाएपछि देश अभिभभावकबिहीन भएको बताएका छन्। हेटौडामा शुरु भएको सो पार्टीको केन्द्रीय समितिको बैठकमा मंगलबार प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन्।
‘२.०’ ले ११ दिनमा ६२३.१९ करोड कमायो
भारतीय सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले अहिले पनि राम्रो कमाइ गरिरहेको छ। फिल्म २९ नोभेम्बरमा रिलिज भएको हो। साइन्स फिक्सनमा बसेको फिल्मलाई सबै उमेर समूहका दर्शकले उत्तिकै रुचाएका छन्।
च्याम्पियन्स लिगमा आज ठुला टोलीको दोस्रो चरणका लागि निर्णय हुँदै
युइएफए युरोपियन च्याम्यिन्स लिग फुटबल अर्न्तगत मंगलबार राति समूह चरण अन्तर्गतका अन्तिम ८ खेल हुदै छन् । मंगलबार राति हुने खेलहरुमा केही ठुला निर्णय हुँदै छन् ।
भैरहवाको दोस्रो जित, चितवनको लगातार चौथो हार
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडियट्र्सले चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको छ । यससँगै भैरहवाले लिगमा दोस्रो जित निकालेको छ।
कुख्यात अपराधी : जसले ५५ महिलाको बलात्कारपछि हत्या गरे
दुनियाँमा यस्ता ब्यक्ति पनि छन् जसले दर्जनौ महिलालाई पालै पाले गरेर बलात्कार गर्दै हत्या गर्दै आएका छन् । रुसका एक पूर्व प्रहरी अधिकारीले यस्तै अपराध गरेको ठहर गर्दै अदालतले साजाय दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४