नयाँ दिल्ली- भारतमा भइरहेको विधान सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई नराम्रो झट्का महसुस गर्नुपरेको छ। विधान सभा चुनावमा भाजपाले अनपेक्षित पराजय भोगिरहँदा राहुल गान्धी नेतृत्वको भारतीय कंग्रेसले उत्साहजनक कमब्याक गरेको छ।
मंगलबार ७:३० बजेसम्मको मतपरिणाम अनुसार मध्यप्रदेशमा कांग्रेसले ६१ सिटमा जित हात पारेको छ भने भाजपाले ४६ सिटमा चित्त बुझाउनु परेको छ। कांग्रेस मध्यप्रदेशमा ४८ सिटमा अगाडि छ भने भाजपा ६६ सिटमा अघि छ।
त्यसैगरी छत्तिसगढमा कांग्रेस ३९ सिटमा विजयी भएको छ भने भाजपाले १२ सिट मात्रै जितेको छ। यस प्रदेशमा कांग्रेस २८ सिटमा अघि छ भने भाजपा तीन सिटमा मात्रै अघि छ।
राजस्थानमा कांग्रेस ६६ सिटमा विजयी छ भने भाजपा ४८ सिटमा विजयी भएको छ। कांग्रेस ३३ सिटमा विजयी भएको छ भने भाजपा २६ सिटमा अघि छ।
तेलांगानामा कांग्रेस १६ सिटमा विजयी भएको छ, टिराएस ६४ सिटमा विजयी भएको छ भने भाजपाले एक सिटमा चित्त बुझाउनु परेको छ। कांग्रेस ३ सिटमा अघि छ भने टिराएस २३ सिटमा अघि छ।
मिजुरामा कांग्रेस ५ सिटमा विजयी भएको छ भने एमएनएफ २६ सिटमा विजयी भएको छ। यहाँ पनि भाजपाले एक सिटमा चित्त बुझाउनु परेको छ।
भाजपाले हार्नुका कारणबारे भारतीय संचारमाध्यममा विभिन्न कोणबाट वहस र विश्लेषण भइरहेको छ। खासगरी सस्तो चुनावी नारामा रमाउनु, मतदाताको मनोविज्ञान बुझ्न नसक्नु, किसान आन्दोलनलाई बेलामै सम्बोधन गर्न नसक्नु, सामाजिक सुरक्षा अभियानलाई उपेक्षा गर्नु,बाहुन-क्षेत्रीलगायतको आन्दोलनलाई वेवास्ता गर्नुलाई भाजपाले चुनाव हार्नुका मुख्य कारणका रुपमा अघि सारिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४