आइतबार, साउन १०, २०८३

वीरगंजमा अर्को एउटा निजी अस्पताल संचालनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- डेढ दर्जन भन्दा बढी  निजी अस्पताल संचालनमा रहेको वीरगंज महानगरमा मंगलबारदेखि अर्को एउटा अस्पताल संचालनमा आएको छ। छपकैयाँमा १५ शैय्या क्षमताको अस्पताल संचालनमा आएको हो।

महानगर प्रमुख विजय कुमार सरावगीले अस्पतालको उद्घाटन गरेका हुन् ।नगर प्रमुख सरावगीले सर्वसाधारणलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले सर्वसाधारणलाई सुलभ र सस्तोमा स्वास्थ्य सेवा उपलब्ध गराउनु सबैको दायीत्व भएको टिप्पणी गरे।

पोलिक्लिनिक संचालन गरिरहेका स्थानीय यूवा सुरज सर्राफसहितको संलग्नतामा अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालमा प्रसूति, बालरोग, सामान्य उपचार सेवाको साथै शल्यकृयाका लागी समेत पूर्वाधार उपलब्ध रहेको संचालक सुरज सर्राफले जानकारी दिए।

वीरगंजमा सरकारी स्वामित्वको नारायणी उपक्षेत्रीय अस्पताल कमजोर व्यवस्थापनको कारण लथालिङ्ग हुँदै गएपछि चिकित्सक र व्यापारीहरुबीच धमाधम निजी अस्पताल संचालनमा ल्याउन होडबाजी झैं शुरू भएको छ।

पछिल्लो समयमा बयोधा अस्पतालको एक अर्ब रुपैयाँ लगानीमा नारायणी वयोधा अस्पताल निर्माण गरिएको छ। मेडिसिटी अस्पतालले वीरगंज हेल्थ केयरसँग अस्पतालसँग सहकार्य शुरु गरेको छ। प्रभू बैंक समूहको लगानीमा २५ करोड रुपैयाँ लगानीमा प्रभू अस्पताल निर्माणाधीन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।