बुधबार, चैत १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्यिन्स लिगमा आज ठुला टोलीको दोस्रो चरणका लागि निर्णय हुँदै

च्याम्यिन्स लिगमा आज ठुला टोलीको दोस्रो चरणका लागि निर्णय हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युइएफए युरोपियन च्याम्यिन्स लिग फुटबल अर्न्तगत  मंगलबार राति समूह चरण अन्तर्गतका अन्तिम ८ खेल हुदै छन् । मंगलबार राति हुने खेलहरुमा केही ठुला निर्णय हुँदै छन् । 

जुन निर्णयले लिगका ठुला क्लबहरुको अर्को चरणको तय हुने छ । मंगलबार राति हुने ८ खेलमध्य इटालियन इन्टर मिलान, इंग्लिस क्लब टोटनह्याम, फ्रेन्च क्लब पिएसजी, इटालियन नापोली र इंग्लिस क्लब लिभरपुलका खेल सबैभन्दा केन्द्रमा हुनेछन् । किनभने, यी सबै टोलीका लागि दोस्रो चरणका प्रवेश गर्न आज राति अन्तिम खेलमा ‘गर या मर’ हुनेछन् ।

आज बार्सिलोनाले अन्तिम खेलका लागि इंग्लिस क्लब टोटनह्यामलाई आफ्नो घरेलु मैदान क्याम्प नोउमा स्वागत गर्दैछ । बार्सिलोना अन्तिम २ खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। 

हाल अंक तालिकामा बार्सिलोना १३ अंकसहित शीर्ष स्थानमा छ । त्यसपछि टोटनह्याम ७ अंकसहित दोस्रो स्थानमा छ भने समान ७ अंक नै भएको इटालियन इन्टर मिलान तेस्रो स्थानमा रहेको छ । 

त्यस्तैले आजको खेल टोटनह्यामका लागि भने महत्वपूर्ण हुनेछ । यो खेलको ३ अंकले टोटनह्यामको अन्तिम १६ को टुंगो लगाउने छ । यदि आज टोटनह्याम र मिलान दुवै पराजित भए वा दुवै बराबरीमा रोकिए टोटनह्याम र मिलान गोलअन्तरका आधारमा अघि रहने टोलीले अन्तिम १६ मा प्रवेश पाउने छ । जहाँ टोटनह्यामको अगाडि रहने छ ।

त्यस्तै लिभरपुल, पिएसजी र नेपोली रहेका छन् । नेपोली ९ अंक सहित शिर्ष स्थानमा रहँदा पिएसजी ८ अंकले दोस्रो स्थानमा छ । त्यस्तै लिभरपुल ६ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुलले शिर्ष स्थानको नेपोलीसँग भिड्दा पिएसजीले पुछारको  रेड स्टार बेलग्रेडसँग भिड्दै छ ।

आज हुने खेल र समय :

शाल्कविरुद्ध लोकोमोटिभ मोस्को - राति ११:४० बजे 
गालाटासरीविरुद्ध पोर्टो - राति ११:४० बजे
क्लब ब्रुगीविरुद्ध एथ्लेटिको मड्रिड - राति १:४५ बजे
इन्टर मिलानविरुद्ध पिएसभी - राति १:४५ बजे

बार्सिलोनाविरुद्ध टोटनह्याम - राति १:४५ बजे
रेड स्टार बेलग्रेडविरुद्ध पिएसजी - राति १:४५ बजे
मोनाकोविरुद्ध बोरुसिया डर्टमुन्ड - राति १:४५ बजे
लिभरपुलविरुद्ध नापोली - राति १:४५ बजे
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।