काठमाडौं-एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडियट्र्सले चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको छ । यससँगै भैरहवाले लिगमा दोस्रो जित निकालेको छ ।
भैरहवाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्छाएको चितवनले २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय ३१ रन मात्र बनाउन सक्यो । निकै नै राम्रो सुरुवात गरेको चितवनका लागि पल स्टर्लिङले सवाधिक ३८ रन जोडेका थिए ।
उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेका थिए । त्यस्तै जोन सिम्पसनले २६ रन जोडे । उनले २२ बल खेल्दै २ छक्का प्रहार गरेका थिए । दिलिप नाथले १२ रन जोड्दा साहब आलमले १६ रन जोडेका थिए । तर, अन्य ब्याट्सम्यानले भो दोहोरो अंक छुन सकेनन् ।
भैरहवाका लागि रबि इनद्र सिंह र शरद भेसवाकरले समान दुई-दुई विकेट लिए । त्यस्तै अभिनास बोहरा, भुवन कार्की र रायन टेन डोशेचले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको भैरहवाले निर्धारित १९.३ ओभरमा सबै विकेट गुमाउदै १ सय ४३ रन जोडेको थियो । भैरहवाका लागि रायन टेन डोशेचले सर्वाधिक ३५ रन जोडे ।
उनले २५ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडेका हुन् । त्यस्तै प्रदिप ऐरीले २६ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए । रभि इन्द्र सिंहले २५ रन जोड्दा आरिफ सेखले १८ र पुनित मेहराले १२ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोर अंकको स्कोर जोड्न सकेनन् ।
चितवनका लागि सागर ढकालले ३ विकेट लिँदा जोर्ज स्कटले दुई विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी, ललित सिंह भण्डारी र पल स्टर्लिङले समान एक–एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४