आइतबार, साउन १०, २०८३

चितवनलाई जितका लागि १ सय ४४ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा भैरहवा ग्लाडियट्र्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ४४ रनको लक्ष्य दिएकोछ । टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको भैरहवाले निर्धारित १९.३ ओभरमा सबै विकेट गुमाउदै १ सय ४३ रन जोडेको थियो । 

भैरहवाका लागि रायन टेन डोशेचले सर्वाधिक ३५ रन जोडे । उनले २५ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडेका हुन् । त्यस्तै प्रदिप ऐरीले २६ रन जोडे । 

उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए । रभि इन्द्र सिंहले २५ रन जोड्दा आरिफ सेखले १८ र पुनित मेहराले १२ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोर अंकको स्कोर जोड्न सकेनन् ।

चितवनका लागि सागर ढकालले ३ विकेट लिँदा जोर्ज स्कटले दुई विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी, ललित सिंह भण्डारी र पल स्टर्लिङले समान एक–एक विकेट लिए । चितवनले कहि बेरमा जवाफी ब्याटिङ गर्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।