आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री कार्यालयमा प्रदर्शन, प्रधानमन्‍त्रीको पुत्ला दहन

मुख्यमन्त्री कार्यालयमा प्रदर्शन, प्रधानमन्‍त्रीको पुत्ला दहन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आन्दोलनरत धनगढीका युवाहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

मंगलबार मध्यान्न १२ बजेतिर धनगढीस्थित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको गेटमा प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । निर्मलाका हत्यारालाई सार्वजनिक गर्न नसक्ने सरकार चाहिदैन भन्दै युवाहरुले निर्मलालाई न्याय माग्दै करिव एक घण्टा नाराबाजीसमेत गरे ।

‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्विरसहितका पोष्ट टाँस्दै युवाहरुले सरकार आफै हत्यारा लुकाएर नक्कली हत्यारा खडा गर्न लागेको आरोपसमेत लगाए । 



निर्मलाको बलात्कारपछि हत्या भएको साढे ४ महिना बितिसक्दा सम्म पनि हत्यारा पत्ता लगाउन नसक्ने सरकारको उनीहरुले राजीनामासमेत मागे । प्रधानमन्त्री, गृहमन्त्री तथा मुख्यमन्त्रीविरुद्ध आक्रोषित बनेका युवाहरु र प्रहरीका बीचमा केहिबेर मुठमेडसमेत भएको छ । 

प्रधानमन्त्रीको पुत्ला र टायर खोस्ने क्रममा तथा गेटमा पोष्टर टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । नेपाली प्रहरीको टोलीले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली पुगेको थियो । 
आन्दोलनकारीले प्रहरीको हस्तक्षेप बिरुद्ध पनि नाराबाजी गरे । केहि बेर यातायातका साधानसमेत चल्न रोक लगाईएको थियो । 

प्रहरीले दुईजना कुखुरा चोरेको आरोप लागेका युवाहरुलाई निर्मलाको हत्यारा सावित गर्न लागेको भन्दै युवाहरु झन आन्दोलित बनेका हुन् ।    



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।