आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनकोसी–कमला डाइभर्सन आयोजनाको अध्ययन गर्न उपसमिति

सुनकोसी–कमला डाइभर्सन आयोजनाको अध्ययन गर्न उपसमिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सुनकोसी–कमला डाइभर्सन आयोजनाको स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको छ । 

बहुद्देश्यीय यो आयोजनाको पछिल्लो अवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न उपसमितिलाई जिम्मेवारी तोकिएको छ । सांसद सीतादेवी यादवको संयोजकत्वमा रहेको पाँच सदस्यीय टोलीमा घनश्याम खतिवडा, सूर्यचन्द्र दास र रेणु यादव छन् । 

एक सदस्य पछि थपिने समितिले जनाएको छ । केही समयअघि ऊर्जामन्त्री वर्षमान पुनले ती आयोजना स्थलहरूको स्थलगत अवलोकन गरेका थिए । आयोजना क्षेत्रमाका सांसदहरूलाई नलगी आफूमात्रै स्थलगत अध्ययनमा गएको गुनासो सांसदहरुले गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।