आइतबार, साउन १०, २०८३

विकासको रोडम्याप कोर्दै ‘कर्णाली आयोग’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- विकासको सूचाङ्कमा पुच्छारमा रहेको कर्णाली प्रदेशले ‘विकासको रोडम्याप’ अर्थात् गुरुयोजना तयार पार्न थालेको छ । भौगोलिक विकटता, गरिबी र अभावमा गुज्रिएको प्रदेश ‘कर्णाली प्रदेश योजना आयोग’ गठन भएसँगै विकासको रोडम्याप कोर्न थालेको हो । रोडम्याप तयार पार्न आयोगले नीति तथा योजना शाखा, तथ्यांक विश्लेषण शाखा र अनुगमन तथा मूल्यांकन शाखा बनाएर काम थालेको छ । जसमध्ये पनि प्रोफाइल तयार पार्न मन्त्रालयगत तथ्यांक संकलन तीव्र पारिएको छ ।

‘तत्काल आयोगले प्रदेशको बजेट कार्यान्वयन हुने गरी योजना बनाउन थालेको छ,’ आयोगका उपाध्यक्ष प्रा.डा पुण्यप्रसाद रेग्मीले भने, ‘आगामी पुसभित्र प्रदेशको प्रोफाइल तयारी हुनेछ ।’ प्रदेशको प्रोफाइल तयार पारेपछि पञ्चवर्षीय र बहुवर्षीय योजनाहरु तयार पारिने रेग्मीको भनाइ छ । 

आयोगले मन्त्रालयको पुँजीगत र विकास खर्चबारे पनि बुझिरहेको छ । चालु आर्थिक बर्षको बजेटबारे गहन अध्ययन र आगामी वर्षको बजेट निर्माण कार्य पनि थालिएको उपाध्यक्ष रेग्मी बताउँछन् । कर्मचारीको मनोबल उच्च नराखेसम्म काम गर्न नसकिने भन्दै रेग्मीले कर्मचारीका सम्बन्धमा पनि आकर्षक योजनाहरु बनाइने जनाए । यस्तैगरी सरकारलाई विकास ऐन ल्याउन पनि आयोगले सुझाव दिइएको छ । सम्भावनाका हिसाबले सबैभन्दा धनी रहेको भन्दै दाता कर्णालीमा लगानी गर्न आतुर रहेको भन्दै सरकारलाई यस्तो सुझाव दिएको हो । 

तर आयोगलाई भवन र कर्मचारी अभाव छ । भवनको अभावमा आयोग एउटा कोठामै सीमित भएको भएको छ । उपाध्यक्ष रेग्मी, सदस्यद्वय डा. दीपेन्द्र रोकाया र योगेन्द्रबहादुर शाहीले एउटै कोठामा खुम्चिएर काम गर्दै आएका छन् ।

त्यस्तै ओएनएम तयार नहुँदा कर्मचारीको अभाव पनि उस्तै छ । आयोगले आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएका ६ जना कर्मचारी र एउटा कोठाबाट प्रारम्भिक कामको थालनी गरेको छ । ओएनएमको काम भइरहेकाले कति जनशक्ति चाहिन्छ भन्ने पत्ता लागेपछि कर्मचारी माग गर्ने उसको तयारी छ । ओएनएम भयारपछि पूर्णआकार लिएर कामलाई तीव्रता रुपमा बढाउने आयोगले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।