काठमाण्डौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलको सुपर ओभरमा पोखरा राइनोजलाई पराजित गर्दै विराटनगरले लिगमा दोस्रो जित निकालेका हो ।
सुपर ओभरमा विराटनगरले २१ रनको लक्ष्य सुम्पिदा पोखराले मात्र १३ रन बनाउन सक्यो । त्यसअघि दुवै टोलीले आफ्नो इनिङसमा ८४ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन जोड्दा विराटनगर अन्तिम ओभरमा ८४ रन जोड्दै अलआउट भएको थियो ।
पोखराले दिएको ८५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरका सबै विकेट गुमाउदै मात्र ८४ रन बनाउन सक्यो । विराटनगरका लागि आसिफ सेखले १९, करन केसीले १५, रोविन क्षेत्री र हरि चौहानले १२ तथा भान डेर मेर्वेले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
विराटनगरका बिपिन खत्रीले ३ विकेट लिँदा सुसान्त भारी, बिक्रम सोब र पउल कोग्लिनले समान दुई-दुई विकेट लिएका थिए । त्यस्तै शक्ति गौचनले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउर्दै मात्र ८४ रन मात्र बनाउन सक्यो । सुरुवाती ब्याटिङ चल्न नसकेको पोखराले सुरुवाती ४ ओरमा मात्र १९ रन जोड्दा ४ विकट गुमाएको थियो ।
सुरुवाती चार ओभरमा चार विकेट गुमाउदा निकै नै दबाममा परेको पोखराको पारी पउल कोग्लिनले उकास्ने प्रयास गरेका थिए । तर, उनी पनि १०.३ ओभरमा टोलीको ४९ रन हुँदा पेभिलियन फर्किन बाध्य भए ।
उनले टोलीका लागि २० रन जोडेका थिए । यो नै पोखराका लागि सर्वाधिक रन हो । अर्का ब्याट्सम्यान राजेस पुलामी मगरले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन् ।
विराटनगरका लागि पउल भान मिकेरेनले ३ विकेट लिँदा भान डेर मेर्वेले २ तथा बसन्त रेग्मी र स्मित पटेलले एक-एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४