डोटी- सीताराम तेज स्मृति प्रतिष्ठानद्वारा डोटीको शिखर नगर पालिकामा आठ सय सुधारिएको रकेटमास चुलो वितरण गरिएको छ । प्रतिष्ठानले नगर पालिकाका वडा नम्बर ३, ४ र १० मा उक्त चुलो वितरण गरिएको सिताराम तेज स्मृति प्रतिष्ठानका अध्यक्ष दीर्घ बहादुर बलायरले जानकरी दिए ।
तीन वडामा रहेका विपन्न परिकारका सदस्यलाई मध्यनजर गरेर प्रतिष्ठानका अध्यक्ष बलायरको निर्णय, नेतृत्व र सल्लाह अनुसार नगरपालिकाको आर्थिक सहयोगमा सुधारिएको रकेमास चुलो वितरण गरिएको थियो ।
इन्धनको कम खपत, खाना पकाउदा कम धुवाँ आउने र विपन्न परिवारका सदस्यलाई ठुलो राहत हुने भएकाले प्रतिष्ठानका अध्यक्ष बलायरको सल्लाह अनुसार नगरपालिकाले सहयोग गरेको नगर प्रमुख सीताराम जोशीले बताए ।
नगर प्रमुख जोशीले यस कार्यक्रमलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाएका छन् । अहिले वडा ३ र ४ मा २५० र वडा १० मा ३०० घर धुरीलाई चुलो वितरण गरिएको सीताराम तेज स्मृति प्रतिष्ठानका अध्यक्ष बलायरले बताए ।
८ सय घर धुरिका ४ हजार जना लाभान्वित हुने समेत उनले विस्वास लिएका छन् । उक्त चुलो वितरण कार्यक्रम मंसिर २१ गते देखि सुरू भई २५ गते सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष बलायरले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४