आइतबार, साउन १०, २०८३

विराटनगरलाई जितका लागि ८५ रनको झिनो लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाण्डौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा पोखरा राइनोजले जितका लागि विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य सुम्पेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउर्दै मात्र ८४ रन बनाउन सक्यो । 

लिगमा आफ्नो पहिला दुई खेलमा ठुलो रनको लक्ष्य सुम्पियको पोखराले तेस्रो खेलमा भने समान्य लक्ष्य सुम्पेको छ । पोखराको सुरुवाती ब्याटिङ भने चल्न सकेन । 
सुरुवाती ४ ओरमा पोखराले मात्र १९ रन जोड्दा ४ विकट गुमाएको थियो । सुरुवाती चार ओभरमा चार विकेट गुमाउदा निकै नै दबाममा परेको पोखराको पारी पउल कोग्लिनले उकास्ने प्रयास गरेका थिए । 

तर, उनी पनि १०.३ ओभरमा टोलीको ४९ रन हुँदा पेभिलियन फर्किन बाध्य भए । टोलीका लागि उनले २० रन जोडेका थिए । यो नै पोखराका लागि सर्वाधिक रन हो । अर्का ब्याट्सम्यान राजेस पुलामी मगरले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

विराटनगरका लागि पउल भान मिकेरेनले ३ विकेट लिँदा भान डेर मेर्वेले २ तथा बसन्त रेग्मी र स्मित पटेलले एक एक विकेट लिए । विराटनगरले केहि बेरमा जवाफि ब्याटिङ गर्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।