बुधबार, चैत १८, २०८२

युभेन्टसमा रोनाल्डोसँग खेल्न चाहन्छु : रियल गोलरक्षक नाभास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
 
एजेन्सी- रियल मड्रिडका गोलरक्षक केलर नाभासले रियल छोड्ने निर्णयसँगै आफ्ना पुर्व टिमसहकर्मी क्रिष्टियानो रोनाल्डोसँग खेल्न चाहेको बताएका छन् । रियलका प्रमुख गोलरक्षक केलर नाभासले पनि क्लब छोड्ने तयारी गरेसँगै यस्तो अभिव्यक्ती दिएका हुन् ।

‘आगामी जनवरीमा आफुले क्लब छाड्न चाहेको र म मेरो पुर्व टिम सहकर्मी रोनाल्डोसँगै युभेन्ट्स जान चाहन्छ ।’ नाभासले भने, ‘त्यसैले मैले क्लबका अधिकारीसँग क्लब छाड्ने मेरो बाटो खुल्ला गरिदिन आग्रह गरेको छ ।’ 

उनले थपे, ‘यति मात्र हैन मैले आफुले चाहेको क्लबमा जानपाउने ‘फ्रि ट्रान्सफर’को माग गरेका छ ।’ स्पेनिस मिडियाका अनुसार नाभासले पछिल्लो समय टोलीको शिर्षमा पर्न नसकेपछि निराश बनेर क्लब छाड्ने निर्णय लिएको बताएका छन् । 

२ वर्षअघि रियलले ला लिगा र च्याम्पियन्स लिग तथा पछिल्ला ३ वर्ष लगातार च्याम्पियन्स लिग जित्दा गोलरक्षकको भुमिकामा नाभास टोलीका लागि प्रमुख हतियार थिए । 

तर, नयाँ गोलरक्षक टोलीमा आएसँगै उनी टोलीमा पर्न धेरै संर्घष गर्नु परिरहेको छ । सन् २०१४ मा ३१ वर्षीय नाभासलाई रियलले लेभान्टेबाट १० मिलियन युरोमा भित्र्याएको थियो । नाभास कोस्टा रिकाको राष्ट्रिय टोलीका गोलरक्षक समेत हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।