धनगढी- पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्किचुहा नगरपालीका–१ मा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार राति करिब पौने १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको भे १ त ५८२८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा लम्किचुहा नगरपालिका–२ बस्ने २५ वर्षीय अर्जुन चौधरीको घटनास्थलमै मृत्यू भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।
तिव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भइ रानीजमरा सिंचाइ आयोजनाको डाइभर्सन नजिकै रहेको रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४