बुधबार, चैत १८, २०८२

इपिएलमा आज दुई खेल हुँदै : को कोबीच हुँदैछ भिडन्त ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । 

कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजेबाट सुरु भएको छ ।  

पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेतासमेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ललितपुर प्याट्रियसलाई पराजित गरेको थियो । 

पोखराले भने यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता छ । विराटनगरविरुद्ध पराजित भएमा पोखरा समूह चरणबाटै बाहिरिनेछ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो । 

अजै हुने दोस्रो खेलमा शरद भेषवाकरको भैरहवा र पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । 

चितवनविरुद्ध मैदान उत्रदा भैरहवा लगातार दोस्रो जितको योजनामा हुनेछ । अघिल्लो संस्करणको उपविजेतासमेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन पनि दुई खेलमा पराजित भइसकेको छ । चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।