बिहीबार, चैत २६, २०८२

मन्त्रिपरिषद् बन्यो २० सदस्यीय [सूचीसहित]

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार गठन भएको चार सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीहरु थप भएका हुन् । 

National life

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका छन् । शपथपछि मन्त्रीहरुले सिंहदरबारमा पुगेर पदभार ग्रहणसमेत गरेका छन् । 

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर नयाँ सरकार बनेको हो । बुधबार नियुक्त हुने मन्त्रीहरुमा एमालेका ८, माओवादीका ५, रास्वपामा ४ र नेकपा एसका २ जना छन् । यसअघि सोमबार एमाले, माओवादी र रास्वपाका एक–एक मन्त्रीले शपथ लिएका थिए । 

एमालेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् । 

यसैगरी माओवादीका नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री बनेका छन् । यसअघि गृहमन्त्री रहेका श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रीको शपथ लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । गत वर्ष एक महिनामै गृह मन्त्रालयबाट बाहिरिएका लामिछानेको गृहमा यो दोस्रो प्रवेश हो । 

kumari

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने मन्त्रीहरू टुंगो लगाएको छैन । 

माओवादीबाट
१. पुष्पकमल दाहाल    प्रधानमन्त्री
२. नारायणकाजी श्रेष्ठ    उपप्रधान तथा परराष्ट्र 
३. वर्षमान पुन        अर्थ
४. शक्ति बस्नेत    ऊर्जा
५. रेखा शर्मा         सञ्चार
६. हितबहादुर तामाङ    पर्यटन

एमालेबाट 
१. रघुवीर महासेठ    उपप्रधान तथा भौतिक पूर्वाधार
२. पदम गिरी        कानुन तथा न्याय संसदीय मामला
३. हरि उप्रेती        रक्षा
४. भगवती चौधरी    महिला तथा वालवालिका
५. राजेन्द्र राई    खानेपानी
६. दामोदर भण्डारी    उद्योग वाणिज्य
७. ज्वालाकुमारी शाह    कृषि
८. बलराम अधिकारी    भूमिसुधार    

रास्वपाबाट 
१. रवि लामिछाने    उपप्रधान तथा गृह
२. डीपी अर्याल        श्रम
३. विराजभक्त श्रेष्ठ    युवा तथा खेलकुद
४. सुमना श्रेष्ठ        शिक्षा

नेकपा एकीकृत समाजवादी 
१. भानुभक्त जोशी    संघीय मामिला 
२. धनबहादुर बुढा    सहरी विकास

प्रकाशित: Mar 06, 2024| 20:17 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्