बिहीबार, चैत २६, २०८२

बागमतीमा कांग्रेसका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

National life
kumari

बागमती प्रदेशका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। संघीय सरकारको सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिएका हुन्। 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री बहादुरसिं लामा, संसदीय दलका उपनेता तथा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, वन तथा वातावरणमन्त्री मसिना खड्का र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले राजीनामा दिएका हुन्।

बुधबार बिहान उपनेता चित्रकार र प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच सरकार छाड्ने विषयमा छलफल भएको थियो।  निर्णयपछि पार्टीले प्रदेश राजधानी बाहिर रहेका मन्त्रीहरूलाई हेटौंडा आउन निर्देशन दिएको थियो।

प्रकाशित: Mar 06, 2024| 18:37 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्