शुक्रबार, भदौ १२, २०८३

तीन पार्टीका १७ जना मन्त्रीको टुंगो लाग्यो मन्त्रालय [सूचीसहित]

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन्।

तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले आज साँझ ५ बजे १४ जनाले शपथ लिनेछन्। तिनमा पनि रास्वपाकी सुमना श्रेष्ठले आज शपथ लिनेछैनन्।  कारण- तीन दिनअघि हजुरआमाको देहान्त भएकाले उनी घरमै शोक मनाइरहेकी छन्।

यी हुन् मन्त्रालय टुंगो लागेका मन्त्री

एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन

रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा

प्रकाशित: Mar 06, 2024| 16:06 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्