आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बल्ब खरिद प्रकरणमा जनकपुरधाम उपमहानगरपालिकालाई अख्तियारको पत्र

बल्ब खरिद प्रकरणमा जनकपुरधाम उपमहानगरपालिकालाई अख्तियारको पत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- एलइडी बल्ब खरिदमा भ्रष्टाचार भएको आरोप लागि रहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकालाई पत्र पठाएको छ। 

अख्तियारले बल्ब खरिद प्रक्रियाबारे स्पष्ट गर्न उपमहानगरपालिकालाई पत्र पठाएको बताइएको छ। एलइडी बल्बसहित अन्य सामग्री कुन प्रक्रिया अपनाइ खरिद गरिएको भन्दै उपमहानगरपालिकासँग अख्तियारले जबाफ मागेको कार्यालय स्रोतको दाबी छ।

उपमहानगरपालिका स्रोतका अनुसार एलइडी बल्ब खरिदमा अनियमितता भएको भन्दै दायर उजुरीको आधारमा अख्तियारले उपमहानगरपालिका कार्यालयसँग जबाफ माग्दै पत्र पठाएको हो । गत आर्थिक वर्षमा सडक बत्तिका लागि उपमहानगरपालिकाले ८५ लाख खर्चेर एलइडी बल्ब खरिद गरिएको बताएको थियो।

उपमहानगरपालिकाले १ सय ८० देखि २ सय रुपैयाँ पर्ने बल्ब दोब्बर मूल्यमा खरिद गरिएको बताएपछि अनियमितता भएको आकलन गरिएको थियो । बल्ब खरिदमा अनियमितता भएको भन्दै उपमहानगरपालिकाका कतिपय वडाअध्यक्षहरुले समेत आरोप लगाएका थिए ।

गत आर्थिक वर्षको जेठ महिनासम्म उपमहानगरपालिकाले सडक बत्ती जडानका लागि ८५ लाख खर्च गरेर खरिद गरेको बल्ब एक वर्ष नपुग्दै फ्युज भएको थियो । उपमहानगरपालिकाले सडक बत्तीका लागि ८५ लाख खर्चेर कोटेशनमार्फत एलइडी बल्ब खरिद गरेको थियो ।

बल्ब लगायतका सामग्री खरिद गर्न उपमहानगरपालिकाले सत्या इन्टरप्राइजेजसँ सम्झौता गरेको थियो । इन्टरप्राइजेजसँग भएको सम्झौता अनुसार १४ वाटको एलइडी बल्ब ४ सय ७५ रुपैयाँ प्रतिगोटा, १ एमएमको तार १ हजार ६ सय रुपैयाँ प्रतिक्विन्टल, डेढ एमएमको तार २ हजार  ५ सय रुपैयाँ प्रतिक्विन्टल, बेरिएको तार ९ सय ५० रुपैयाँ प्रतिक्विन्टल र ६ एमएमको तार ४५ रुपैयाँ प्रतिमिटरको दरभाउमा खरिद गरिएको उपमहानगरपालिकाको जिन्सी शाखाले जनाएको थियो ।

उपमहानगरपालिकाका २५ वडाका लागि ५ हजार ८ सय ९० थान एलइडी बल्ब, १ हजार ९ सय ८० सामान्य बल्ब, ६ हजार ४ सय होल्डर, ८३ क्वाइल तार, ५ हजार ३ सय ३० थान क्याप पठाएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।