नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनीप्रति असन्तुष्ट समूहबीचको सम्बन्ध चिसिदैँ जाँदा बिधान संशोधन मस्यौदा समितिको प्रतिवेदन निर्माणमा समेत विवाद चर्किएको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन्। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको वास्तविक हत्यारा लुकाउन प्रहरीले नक्कली हत्यारा खडा गर्न लागेको आशंका स्थानीयले गरेका छन्। निर्मलाको वास्तविक हत्यारा पत्ता लागेको भन्दै आएको प्रहरीले पछिल्लोपटक नियन्त्रणमा लिएका युवा वास्तविक हत्यारा नभई उनीहरूलाई फसाउन खोजेको आरोप स्थानीय बासिन्दको छ।
आइतबारबाट सुरु भएको अन्तर प्रदेश परिषद् बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले संघीयता कार्यान्वयनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
सर्वोच्च अदालतले एउटै नामका दुर्इटा पार्टी दर्ता भएको सम्बन्धमा नेकपाको नाममा कारण देखाउ आदेश जारी गरेको छ। नेकपाको दर्ता सम्बन्धमा परेको रिटउपर सोमबार पहिलो सुनुवार्इ गर्दै न्यायाधीस डम्बर बहादुर शाहीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मानवअधिकारकर्मी पक्राउ परेका छन्। प्रधानमन्त्री निवास अघि धर्ना दिन खोजेको भन्दै शान्ति समाजका संस्थापक सभापतिसहित २१ जना पक्राउ परेका हुन्।
रामजानकी विवाहोत्सवमा सहभागी हुन जनकपुर पुग्ने क्रम सुरु भएको छ। २६ मंसिरमा मनाइने रामजानकी विवाहोत्सवमा सरिक हुन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदैछन्।
त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी सीताको विवाह भएको विश्वासका साथ रामजानकी विवाहोत्सव अन्तर्गत सोमबार तिलकोत्वस कार्यक्रम सम्पन्न भएको छ। केटा र केटीबीच विवाह हुने निश्चित भइसकेपछि दुबै परिवारका सदस्यले गर्ने छिनोफानो विधिलाई मैथिली संस्कृतिमा तिलकोत्सव भनिन्छ।
नेप्से बजार बढ्ने क्राममा छ। सोमबार नेप्से कारोबार दोहोरो अंकले बढ्ने देखिन्छ। कारोबार शुरु भएको चार घन्टापछि नेप्से परिसूचक आठ अंकभन्दा बढी बढेर एक हजार १३९ बिन्दु नाघेको छ। ‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स पनि बढ्ने देखिन्छ।
भारतीय धनाढ्य मुकेश अम्बानी एक्ली छोरी इशाको बिहे धुमधामका साथ गर्न चाहन्छन्। उनले छोरीको बिहेअगाडि भारतको उदयपुरस्थित ताज लेक प्यालेसमा भव्य कार्यक्रम आयोजना गरे। भारतीय सञ्चारमाध्यमका अनुसार कार्यक्रममा बलिउडका थुप्रै हस्तीहित १८ सयजना सहभागी भएका छन्।
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले पोखरा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै ललितपुले प्रतियोगितामा आफ्नो दोस्रो जित निकालेको हो।
नेपालमा भइरहेको गैंडा संरक्षण अभियानप्रति दक्षिण अफ्रिकी ऐक्यबद्धताको सन्देश बोकेर १७ हजार किलोमिटर लामो यात्रा तय गर्दै दक्षिण अफ्रिकी अभियन्ता टोली सोमबार काठमाण्डौं आइपुग्दैछ।
अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले नयाँ विमान किनेका छन् । महँगा कार र जहाजका सौखिन मेस्सीले १५ मिलियन डलर (१ अर्ब ६९ करोड ४५ लाख ९९ हजार रुपैयाँ) मा नयाँ विमान खरिद गरेका हुन् ।
४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ।
हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन्। कडा सुरक्षाबीच आइतबार भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...