बिहीबार, चैत २६, २०८२

नयाँ गठबन्धनका सेतु पुनलाई अर्थ मन्त्रालय

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनबाट बनेको सरकारमा पाँच मन्त्रालय पाएको छ। बुधबार बिहान बसेको नयाँ गठबन्धनको बैठकबाट माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने टुंगो लागेको हो।

National life

मन्त्रालय टुंगो लागेसँगै माओवादीले सरकारमा जाने मन्त्रीहरू पनि टुंग्याएको छ। वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका छन्। उनले २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए। पुन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन्।

कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग जोड्ने काममा पुनको भूमिका महत्वपूर्ण रहेको बताइन्छ।

माओवादीबाट हितबहादुर तामाङ यसअघि नै मन्त्री बनिसकेका छन्।  उनी पर्यटनमन्त्री बन्ने भएका छन्।

नारायणकाजी श्रेष्ठ उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन्। उनी यसअघि उपप्रधान तथा गृहमन्त्री थिए।

kumari

रेखा शर्मा र शक्ति बस्नेतले पुरानै मन्त्रालय पाउने टुंगो लागेको छ। शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र बस्नेत उर्जा तथा जलस्रोत मन्त्री थिए। उनीहरूको मन्त्री पद यथावत् रहने भएको छ।

 

प्रकाशित: Mar 06, 2024| 15:16 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्