काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।
केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर पार्टी सरकारमा जाने भएको हो।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वरस्थित माधव कुमार नेपालको घरमा पुगेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन पहल गरिरहेका छन्।